प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ, मन्त्रीमण्डलमा सबै पुरानै अनुहार र जिम्मेवारी

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहबीच संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

प्रधानमन्त्रीको सपथ लिएसँगै केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री बनेसँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने व्यक्तिसमेत बन्नु भएको छ ।

राष्ट्रपति भण्डारीले ओलीका मन्त्रिमण्डल सदस्यहरुलाई सपथ गराउनुभएको हो । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी खासगरी महन्थ ठाकुर र राजेन्द्र महतो समूहका सदस्य सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने हुनुभएको छ । त्यसैअनुरुप अहिले भएकै मन्त्रीहरुलाई सपथ ग्रहण गरिएको हो ।

महामारी रोकथाममा एकजुट भएर लाग्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारी रुपमा परिचालित हुन आग्रह गर्नुभएको छ ।

तेस्रो कार्यकालका लागि शपथग्रहणपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै उहाँले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानूनको पालना गर्न आग्रह गर्नुभयो । उहाँले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राज्यको स्रोत, साधन र ज्ञानको सहीरुपमा प्रयोग भई जनताका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नवनियुक्त मन्त्रिगण र सरकारका उच्च कर्मचारीको सहभागिता थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -