नेपाल कोरिया अस्पतालद्वारा आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन

भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले शुक्रबारदेखि आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित अस्पतालमा ६० लाख खर्च अक्सिजन प्लान्ट गरेर जडान गरेको थियो । यस प्लान्टले हावालाई फिल्टर गरी अक्सिजन उत्पादन गर्दछ ।

अस्पतालमा अत्याधुनिक प्रविधिको अक्सिजन प्लान्ट जडानबाट दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन गर्ने नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । ‘तत्काललाई ३० सिलिण्डर उत्पादन गरे पनि केही प्रविधिहरु जोडेपछि दैनिक ९० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्न सकिन्छ,’ नगरप्रमुख श्रेष्ठले बताए ।
अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई आवश्यक अक्सिजनको जोह गर्न केही राहत मिलेको प्रमुख श्रेष्ठले जानकारी दिए । अस्पतालको आईसीयू, एचडीयू र भेन्टिलेटरमा उपचाररत बिरामीसम्म पाइपबाट सिधै अक्सिजन पुर्याउने व्यवस्था मिलाइएको छ । पाइप जडान नभइसकेका स्थानमा भने हाललाई सिलिण्डरबाटै अक्सिजन पुर्याउनु पर्ने अस्पतालले जनाएका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -