पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक उडान) मा मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
निगमका अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७८ कायम गरेको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -