भक्तपुरमा एकै दिन १० संक्रमितको मृत्यु

अहिलेसम्म सबैभन्दा बढी मध्यपुर थिमिमा ६७ जना

भक्तपुर– कोरोना संक्रमणबाट भक्तपुरमा सोमबार एकै दिन १० संक्रमितको मृत्यु भएको छ । यसअघि जिल्लामा एकै दिन ७ जनासम्मको मृत्यु भएकोमा सोमबार सबैभन्दा बढी मृत्यु भएको हो । भक्तपुरका ४ नगरपालिकामध्ये आइतबारसम्म सबैभन्दा बढी मध्यपुर थिमिमा ६७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै भक्तपुरमा ५४, सूर्यविनायकमा ४६ र चाँगुनारायणमा १६ जना छन् ।
भक्तपुर जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ५० छ ।
पछिल्लो २४ घण्टामा थप २१४ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा सोमबारसम्म ५ हजार २ सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ९ हजार २४७ जनामा थप संक्रमण पुष्टि भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ ।
मन्त्रालयका अनुसार सोमबार ५ हजार ७ सय ६७ जना कोरोनामुक्त भएका छन् । यससँगै देशमा ३ लाख ४५ हजार ५सय २३ जना संक्रमणमुक्त भएका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -