कोभिड विरामीका लागि २४सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा

भक्तपुर । नेपाल चेम्बर अफ कमर्स, भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स समन्वय सेवा समितिबाट संयुक्तरुपले आज मंगलबारबाट २४सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ ।
भक्तपुरमा कोभिड–१९ संक्रमणबाट गम्भीर विरामी अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला यो सेवा संचालन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हूछेरत्न मानन्धरले बताए । अक्सीजनसहित व्यवस्था गरेको उक्त एम्बुलेन्सका लागि हटलाईन नं. ९८६१७५६४६१ रहेको अध्यक्ष मानन्धरले बताए ।
काठमाडौं उपत्यकाका कोभिड विरामीलाई लक्षित गरी नेपाल चेम्बर अफ कमर्सले पनि गत हप्तादेखि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -