भक्तपुरका ३ अस्पताललाई ८ करोड

भक्तपुर । कोरोना संक्रमितको उपचार गर्ने भक्तपुरका दुई अस्पताल र नयाँ बन्दै गरेको अस्पताललाई सरकारले ८ करोड एक लाख ७० हजार बजेट विनियोजन गरेको छ । कोरोनाको दोस्रो लहरको महामारीमा अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्य क्षेत्रको दु्रत कार्ययोजनाअन्तर्गत भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक बनाउन उक्त रकम दिने भएको हो ।
अस्पतालहरुमा संक्रमित बिरामीको चाप बढ्दै गएपछि स्वास्थ्य पूर्वाधार विस्तार गर्न अर्थमन्त्रलगायतसँग छलफल गरेर बजेट व्यवस्था गर्न सकिएको सांसद महेश बस्नेतले बताए । सांसद बस्नेतका अनुसार भक्तपुर अस्पताललाई ३ करोड ८० लाख, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३ करोड १२ लाख ७० हजार र सूर्यविनायक नगर अस्पताललाई १ करोड ९ लाखको बजेट विनियोजन गरेको छ ।
आगामी १० दिनभित्र सूर्यविनायक नगरपालिका–८ जगातीमा सञ्चालनमा आउन लागेको ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा १५ शय्याको हाइ केयर युनिट (एचडियु) सञ्चालन गर्न सरकारले उक्त रकमको व्यवस्था गरेको हो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -