प्रधानमन्त्रीमा ओली–देउवा दुवैको दाबी पुगेन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेकी छन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार राति वक्तव्य जारी गर्दै दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिएकी छन् ।
धारा ७६ को (५) बमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधिसभा संविधानबमोजिम भंग गरेर मध्यावधि चुनावमा जाने पक्का भएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुुलुक चुनावमा जानेछ ।

प्रतिनिधिसभा विघटन, मध्यावधिको घोषणा
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेपछि प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको बाटो खुलेको छ । धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको चुनाव सम्पन्न हुने गरी चुनावको मिति तोक्नेछ ।’

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -