प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिबाट निर्वाचनको घोषणा हुनेछ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -