बालकुमारी साकोसबाट सिरिन्ज पम्प सहयोग

भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका लागि बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले सिरिन्ज पम्प सहयोग गरेका छन् । उक्त सहयोग मध्यपुर थिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठलाई सहकारीका अध्यक्ष तुईलाल श्रेष्ठले आइतबार हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ का बिरामीका लागि औषधि दिन नभई नहुने सिरिन्ज पम्प सहयोग गरेकोले नगरपालिकाका प्रमुख तथा अध्यक्ष श्रेष्ठले बालकुमारी साकोस परिवारलाई धन्यवाद दिए । ‘अहिलेको जटिल अवस्थामा कोरोना संक्रमित बिरामीलाई औषधि दिन नभई नहुने सिरिन्ज पम्प सहयोग गरेकोमा सहकारी परिवारलाई धन्यवाद दिन चाहन्छु,’ प्रमुख श्रेष्ठले बताए ।
सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले यस्तो विषम परिस्थितिमा नगरपालिकाबाट सञ्चालित अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । बालकुमारी साकोसले सामाजिक उत्तरदायित्वअन्तरगत बिभिन्न समयमा योगदान गर्दै आइरहेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -