शतक रक्तदाता कर्माचार्यद्वारा १६६औं पटक रक्तदान

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं-२४ वडा समिति मखँ त्वाः मा रक्तदान कार्यक्रम सम्पन्न भयो । विश्व रक्तदाता दिवसबाट तय गरिएको ‘रगत दिउँ जगत सुरक्षित राखौं’ नाराका साथ काठमाडौं महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ र महानगरी प्रहरी वृत्त, जनसेवाका प्रमुख डिलबहादुर मल्लको विशेष उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६६औं पटकको रक्तदान गरी समापन गरिएको उक्त कार्यक्रममा महिला तथा पुरूष गरी जम्मा ४१ जनाले रक्तदान गरेका थिए ।
रक्तदाता समाज काठमाडौं-२४ वडा समितिका अध्यक्ष सुरेश सिलाकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा रक्तदाताहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -