भक्तपुरमा प्रत्येक चार घन्टामा एक संक्रमितको मृत्यु

भक्तपुर । भक्तपुरमा प्रत्येक चार घन्टामा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु हुन थालेको छ । स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांक अनुसार गएको ४८ घन्टामा यहाँ १२ संक्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार पछिल्लो ४८ घन्टामा मध्यपुर थिमि नपाका १ महिला र १ पुरुष गरी २ जना, भक्तपुर नपाका २ महिला र २ पुरुष गरी ४ जना, सूर्यविनायक नपाका ३ महिना र २ पुरुष गरी ५ जना र चाँगुनारायण नपाका १ महिलासहित १२ संक्रमितको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण भक्तपुरमा हालसम्म २२५ जना ज्यान गएको छ । जिल्लाका ४ नगरपालिकामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नगरपालिकामा २४ महिला र ५७ जना पुरुष गरी ८१ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै भक्तपुर नगरपालिकामा २५ महिला र ३७ जना पुरुष गरी ६२, सूर्यविनायक नगरपालिकामा २१ महिला र ३७ जना पुरुष गरी ५८ जना र चाँगुनारायण नगरपालिकामा ८ महिला र १६ जना पुरुष गरी २४ जना संक्रमितको मृत्यु भएको छ ।
यसैबीच पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको डिस्चार्ज हुने संख्या बढेको छ । शनिबार २८३ जना नयाँ संक्रमित थपिँदा ४२९ जना डिस्चार्ज भएका थिए । भक्तपुरका कुल संक्रमितमध्ये ७६ प्रतिशतमात्रै डिस्चार्ज भएका छन् । जसअनुसार ७ हजार ६३७ जना पुरुष र ६ हजार १४२ जना महिला गरी १३ हजार ७७९ जना संक्रमित डिस्चार्ज भएका हुन् । जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि हुने संख्या १८ हजार १२४ पुगेको छ । जसमा ८ हजार १५७ जना महिला र ९ हजार ९६७ जना पुरुष रहेका छन् । भक्तपुरमा अझै ४ हजार १ सय २० जना सक्रिय संक्रमित रहेका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -