प्याब्सन भक्तपुरको कोभिड राहत योजना

भक्तपुर । कोभिड-१९ को दोस्रो लहरको असहज परिस्थितिमा सदस्य विद्यालयका प्रिन्सिपल, संस्थापक, शिक्षक र कर्मचारीलाई सहयोग गर्न प्याब्सन जिल्ला कार्यसमिति, भक्तपुरद्वारा राहत कोष गठन गरेको छ ।
जिल्ला सदस्य विद्यालयहरुको बैठक तथा कार्यसमितिको बैठकद्वारा सदस्य विद्यालयहरुबाट स्वेच्छिक रुपमा आर्थिक सहयोग संकलन गरी कोभिडबाट प्रभावित प्रिन्सिपल, संस्थापक, शिक्षक र कर्मचारीलाई बिनाभेदभाव सहयोग गर्ने उद्देश्यले यो राहत कोष गठन गरेको भक्तपुर प्याब्सन कोभिड राहत कोषका संयोजक सुरेन्द्र श्रेष्ठले बताए ।
पहिलोचरण अन्तर्गत वर्तमान अवस्थामा अस्पतालमा उपचारार्थ प्रिन्सिपल, संस्थापक, शिक्षक र कर्मचारीलाई सहयोग गर्ने छ । जसअन्तर्गत भेन्टिलेटरमा उपचारार्थ १० जनालाई प्रतिव्यक्ति २५ हजार, आईसीयूमा उपचारार्थ २० जनालाई प्रतिव्यक्ति १५ हजार र कोभिड वार्डमा उपचारार्थ ३० जनालाई प्रतिव्यक्ति १० हजार सहयोग उपलब्ध गराउने संयोजक श्रेष्ठले बताए ।
सहयोग प्राप्त गर्न सम्बन्धित विद्यालयको लिखित सिफारिस, बिरामीको कोभिड पोजिटिभ रिपोर्ट र अस्पतालको कागजातहरुको फोटोकपी वा डिजिटल कपी नगरसमितिमा उपलब्ध गराएपछि राहतको प्रक्रिया अगाडि बढाउने संयोजक श्रेष्ठले बताए ।
यस्तै दोस्रो चरणको सहयोगमा अक्सिजन सिलिन्डको खरिद, घरघरमै औषधिको पुर्‍याउने, पीसीआर स्वाब संकलन, घरमै गएर रगतको नमुना परीक्षण, डाक्टर र नर्सको सेवा दिने रहेको छ । यसको लागि एक जना डाक्टर, एक जना नर्स, अक्सिजन र अति आवश्यक औषधिसहितको एउटा गाडी व्यवस्था गरेर सदस्य विद्यालयका प्रिन्सिपल, संस्थापक, शिक्षक र कर्मचारीको घरमै गएर सेवा दिने पनि उनले बताए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -