नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ‘वन लभ वन वल्ड’ को सहयोग

भक्तपुर । मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ‘One Love One World’ संस्थाले सोमबार बिरामीका लागि चाहिने सामग्रीहरु सहयोग गरेका छन् ।
संस्थाका निर्देशक रीतु श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर जगुलु श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएको सामग्रीहरुमा ह्विलचियर ५ थान, निबुलाइजर मेसिन ३ थान, अक्सिमिटर ५ थान, आईभी स्ट्यान्ड ९ थान, कमोड ५ थान, पन्जा, तकिया, बेड कभरलगायत रहेको संस्थाका निर्देशक श्रेष्ठले बताए ।

सहयोग सामग्री ग्रहण गर्दै नगर प्रमुख श्रेष्ठले सहयोगी संस्थालाई धन्यवाद दिँदै यसरी नै विभिन्न संस्थाहरुबाट यस अस्पताललाई सहयोग गर्दै आइरहेको र हाम्रै अस्पताल भएकोले हामी सबैले सहयोग गर्नुपर्ने खाँचो रहेको बताए । कार्यक्रममा वडा नं. ४ का वडा सदस्य रामकेशरी श्रेष्ठ र संस्थाका उपाध्यक्ष सविना श्रेष्ठलगायत उपस्थिति रहेको थियो ।
यसैबीच आजै अमेरिकाबाट पूर्वराजदूत स्टक डेलिसको पहलमा १० लि. को हाइपर्फमेन्स अक्सिजन कन्सेन्ट्रेटर ६३ थान अस्पताललाई सहयोग प्राप्त भएको छ । करिब ७५ लाखको सहयोगका लागि डा. दिवेश कर्माचार्यले समन्वय गरेको नगर प्रमुख श्रेष्ठले बताए । अब अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने विश्वास पनि नगर प्रमुख श्रेष्ठले गरेका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -