एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाटै

काठमाडौं । यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसईईको नतिजा आन्तरिक मूल्यांकनअनुसार गर्ने निणर्य गरेको हो ।
‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेश गर्नुभयो । कोरोना महामारी झन बढ्दै गएकाले उनको प्रस्ताव अनुसार नै बैठकले निणर्य गर्यो,’ बैठकमा सहभागी एक मन्त्रीले भने ।
राष्ट्रिय परिक्षा बोर्डले एसईईको परिक्षा वैकल्पिक विधिबाट व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आइतबार प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -