उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले बुधबार निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेका हुन् ।
खाद्यान्न तथा किरासना पसल खोल्न दिनेजस्ता केही प्रावधान खुकुलो पारेर निषेधाज्ञा थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ईछापालाई बताए ।
काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञालाई निरन्तरता दिँदै पछिल्लोपटक थप गरिको निषेधाज्ञा जेठ २० गते मध्यरातिबाट सकिनै लाग्दा निषेधाज्ञा लम्ब्याइएको हो । अबको निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिने निणर्य पनि गरिएको छ । यस्तै, तरकारी, फलफूल, माछा-मासु, ग्यास पसल पसलहरु बिहानको समयमा मात्र खोल्न दिइनेछ ।
निर्माण सामग्री ढुवानीका सवारी-साधन राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिइनेछ । सार्वजनिक र निजी सवारी-साधन भने चल्न दिइने छैन । निजी सवारीको हकमा अत्यावश्यक कामबाहेक आवतजावतमा लगाइएको प्रतिबन्ध यथावत छ । पूर्वाधार निर्माणका काम अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित तरिकाले सञ्चालन गर्न दिइनेछ ।
मंगलबार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकालेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -