प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।
खुल्ला नेपाल डट कमका सल्लाहकार सम्पादक बस्नेत पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत हुन् । हालै सम्पन्न महासंघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका बस्नेत कांग्रेस-माओवादी गठबन्धनसँग पराजित भएका थिए । कान्तिपुर दैनिकमा लामो समय काम गरेका बस्नेत कानुन व्यवसायी समेत हुन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -