नेपालले ताइपेईलाई हरायो

काठमाडौं । एसियाली विश्वकप छनोटको बिहीबार भएको खेलमा नेपालले चिनियाँ ताइपेईविरुद्ध २-० गोलले जित हासिल गरेको छ । कुवेतको जबर अल-अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका लागि पेनाल्टीमा अञ्जन विष्टले ४ मिनेट र ८१औं मिनेटमा सुमन अर्यालले दिएको पासमा नवयुग श्रेष्ठले दोस्रो गोल गरेका हुन् । एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भइरहेको हो ।
जितसँगै नेपालको ६ अंक भएको छ । नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले चिनियाँ ताइपेईलाई नै २-० गोलले पराजित गरेको थियो ।
अब नेपालले जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो । यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूणर् अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -