यस्तो बन्यो नयाँ मन्त्रिपरिषद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । पुराना चार जनामात्रै मन्त्रीलाई दोहोर्‍याउँदै उनले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
नयाँ मन्त्रिपरिषदमा ३ जना उपप्रधानमन्त्री हुने भएका छन् । हाल अर्थमन्त्री रहेका विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्रीसमेत भएका छन् । वरीयता क्रममा उनी प्रधानमन्त्रीपछि दोस्रोमा छन् । यस्तै, रघूवीर महासेठलाई परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मा दिइएको छ भने जसपाका नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।
स्वास्थ्यमन्त्रीमा शेरबहादुर तामाङलाई नियुक्त गरिएको छ । तामाङ ओली नेतृत्वको सरकारमै कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका थिए । सार्वजनिक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिका कारण उनले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङलाई भने निरन्तरता दिइएको छ ।
यस्तै जसपा नेता शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमलप्रसाद श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् । राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिकमा नियुक्त भएका छन् ।
नियुक्त भएका नयाँ मन्त्रीलाई आठ बजे राष्ट्रपतिले र दुई राज्यमन्त्रीलाई राष्ट्रपतिको उपस्थितिमिा प्रधानमन्त्रीले सपथ गराउने कार्यक्रम छ ।

नयाँ मन्त्रिपरिषद

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -