ओलीद्वारा पार्टी एकता आह्वान, जेठ ३ अघिकै अवस्थाबाट सक्रिय गराउने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघिसारेका छन् । उनले पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थाबाट अघिबढाउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमालेले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आइतबार एक विज्ञप्ति जारी गर्दै एमाले एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका हुन् । विज्ञप्तिमा पार्टी एकताको पक्षमा रहेकाहरुको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी सक्रिय रहने, मातहतका कमिटी र जनसंगठनहरु पनि जेठ ३ अघिकै अवस्थामा सक्रिय हुने बताइएको छ । यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टी एकताका लागि माधव नेपाल झलनाथ खनाल समूहले जेठ ३ अघिको अवस्थाबाट पार्टी संगठन अघि बढाउनुपर्ने र कारबाहीहरु फुकुवा हुनुपर्ने माग गरिरहेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -