आनन्दकुटी आइसोलेसनलाई चु जी फाउण्डेशनको सहयोग

काठमाडौं । आनन्दकुटी आइसोलेसनलाई चु जी फाउन्डेसन, ताइवानले अटो क्लेभ मेसिन एक थान, पोर्टेबल एक्स-रे मेसिन एक थान, ईसीजी मेसिन एक थान सहयोग उपलब्ध गरेका छन् ।
फाउन्डेसनको तर्फबाट मैत्री महास्थवीर र मुकुन्द बिष्टले उक्त सामग्री सेन्टरका संरक्षक सांसद जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
आइसोलेसन सेन्टरमा हाल २३ जना उपचारका क्रममा छन् भने २५ जना कोभिड-१९ जितेर स्वास्थ्य लाभ गरी डिस्चार्ज भइसकेका छन् ।
सांसद श्रेष्ठको संरक्षकत्वमा काठमाडौं महानगरपालिका १५ वडा तथा स्थानीयवासीको सहयोगमा आनन्दकुटी विद्यापीठमा सञ्चालन भइरहेको आइसोलेसन सेन्टरमा अक्सिजनसहितको ५० वेड क्षमता रहेको छ ।
मोडेल हस्पिटल नर्सिङ्ग कलेजको मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदान गरिरहेको छ भने एक्स-रे, विरामीको सम्पूणर् परिवारलाई पीसीआर परीक्षणको व्यवस्था, पौष्टिक खाजाखानालगायत सम्पूणर् सुविधाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ ।
यहाँबाट स्वास्थ्य लाभ गरी घर फर्केकाहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथा आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे संरक्षक सांसद श्रेष्ठले जानकारी गराउँदै फाउण्डेशनको निरन्तर साथ र सहयोगका लागि कृतज्ञ रहेको बताए । यसअघि पनि यसै फाउण्डेशनले ५ थान अक्सिजन कन्सेन्ट्रेटोर तथा विभिन्न सामग्री सहयोग गरिसकेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -