उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा

काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाको अवधि थपिएको छ । उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई असारको ७ गतेसम्म बढाउने निर्णय गरेको हो ।
कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित निषेधाज्ञा लम्ब्याउने निर्णय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
निषेधाज्ञा कायम नै भए पनि केही खुकुलो पारिएको उनले बताए । अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन होम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्नेछन् । यसका साथै अपराह्न ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।
निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाइने भएको छ । सहकारी र रेमिट हप्तामा दुई दिन खोल्न दिइने भएको छ ।
उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -