मध्यपुर थिमिले मेलम्ची र हेलम्बुलाई २२ लाख २२ हजार दिने

भक्तपुर । बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि मध्यपुर थिमि नगरपालिकाले सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई ११ लाख ११ हजारका दरले २२ लाख २२ हजार रुपैयाँ दिने भएको छ ।

सिन्धुपाल्चोकमा भएको प्राकृतिक विपत्तिमा दुःख व्यक्त गर्दै मध्यपुर थिमि नगरपालिकाको कार्यपालिका बैठकबाट मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई उक्त रकम सहयोग गर्ने निणर्य गरेको हो ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छिमेकी जिल्लाको बाढी र डुवानले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेको बताए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -