मध्यपुर थिमिमा जिम्न्यास्टिक खेलको कभर्डहल बन्ने

भक्तपुर । मध्यपुर थिमि-९ लुखापाटी, निलबाराहीमा जिम्न्यास्टिक खेलको कभर्डहल बन्ने भएको छ । मध्यपुर थिमि नगरपालिकाले जग्गा उपलब्ध गराएपछि कभर्डहललगायतका पूर्वाधार निर्माण गर्ने भएको हो ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले बिहीबार जग्गा उपलब्ध गराउने सम्झौतापत्रमा त्रिपक्षीय सम्झौता गरेका हुन् ।

प्रस्ताविक जिम्न्यास्टिक कभर्डहल

मध्यपुर थिमि नगरपालिका-९ स्थित लुखापाटीमा ३-९-२-० क्षेत्रफल जग्गा पूर्वाधार निर्माण गर्न मध्यपुर थिमि नगरपालिकाले उपलब्ध गराइएको हो ।

करिब २५ करोडको लागतमा निर्माण हुने कभर्डहलका लागि उक्त जग्गा राखेपलाई ५० वर्षका लागि लिजमा उपलब्ध गराउन लागेको हो । नगरपालिका, राखेप र जिम्न्यास्टिक संघ मिलेर जिम्न्यास्टिक कभर्डहललगायतका पूर्वाधारको विकास गरी त्यसको उपभोग एवं सञ्चालन भने जिम्न्यास्टिक संघले गर्ने सहमति भएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -