उपत्यकामा जोरबिजोर प्रणाली हट्यो

भक्तपुर— उपत्यकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारीसाधनमा लगाएको जोरबिजोर प्रणाली हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार जारी गरेको निषेध आदेशमा जोरबिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राखिएको छ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । यस्तै, सफा टेम्पु र निलो माइक्रोलाई पनि स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालन गर्न अनुमति दिइएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारीसाधन मात्रै चलाउन दिइएको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारीसाधनहरु उपत्यकामा प्रवेश गर्न पाउने छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीद्वारा जारी आदेशमा एउटा हलमा २५ जनाभन्दा बढी बस्न नपाउने गरी पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न दिने उल्लेख छ । यस्तै निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ । बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -