पशुपतिनाथ मन्दिर साउनमा पनि नखुल्ने

काठमाडौं । पशुपतिनाथ मन्दिर साउनमा पनि भक्तजनका लागि खुला गर्न नसकिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नेपालमा नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो हप्तादेखि पशुपतिनाथमा दर्शन गर्न रोक लगाएको थियो । कोरोनाबाट बच्न सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा नै जारी गरेको थियो । अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि भीड बढी हुने भन्दै धार्मिक क्षेत्र खोलिएका छैनन् ।

गत वर्ष पनि कोरोनाका कारण वर्षभर मन्दिर खुल्न सकेको थिएन ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -