सबै इन्धनको मूल्य फेरि बढ्यो

काठमाडौं । खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै नेपाल आयल निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको निगमले दाबी गर्दै ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ बढाउने निर्णय गरेको छ ।

स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा नयाँ मूल्य कायम गरेको छ । नयाँ मूल्यसूचीअनुसार प्रतिसिलिण्डर ग्यास १४२५ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ, डिजेल र मट्टितेल ११२ रुपैयाँ कायम गरेको छ ।

यस्तै, इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले बढाएर ७५४ कायम गरेको जनाएको छ ।

गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -