देउवा पाँचौंपटक प्रधानमन्त्री नियुक्त, शपथ ग्रहण साँझ ६ बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री मंगलबार नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतले मंगलबार अपराह्न ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।


राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिए । शपथ ग्रहण कार्यक्रम साँझ ६ बजेका लागि तोकिएको स्वकीय सचिव अधिकारीले बताए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -