प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शितल निवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त भएका प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले आपत्ति जनाएपछि शपथ समारोह केही बेर ढिला भएको थियो ।

देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएपछि राष्ट्रपतिले नियुक्तिपत्रमा सर्वोच्च अदालतको फैसलाका र संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको भन्ने व्यहोरा थप गरिएको थियो ।

प्रधानमन्त्री देउवासँगै चार जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ लिनेमा कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -