मध्यपुर थिमिको सम्पदा पदयात्रामा सञ्चारकर्मी

मध्यपुर थिमि । मध्यपुर थिमिमा सञ्चारकर्मीका लागि सम्पदा पदयात्रा आयोजना गरिएको छ ।
पदयात्राको नेतृत्व बिहीबार मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ गर्नु भएको हो ।
सञ्चारकर्मीको सहभागितामा आयोजित उक्त पदयात्रामा हालसम्म नगरभित्रका २३ मन्दिर, ३७ फल्चा, २५ ढुंगेधारा, २० ईनार, ५ बिहार, १३ पार्क र ३ दरबार ३ निर्माण तथा जिर्णोद्धार गरिसकेको नगर प्रमुख श्रेष्ठले बताए ।


नगर प्रमुख श्रेष्ठले सम्पदा पुननिर्माण र जिर्णोद्धारका लागि हालसम्म नगरपालिकाले ७५ करोड रुपैया खर्च गरिसकेको र आगामी वर्ष ३५ करोड रुपैयासमेत विनियोजित गरेको बिहीबार आयोजित पदयात्राको क्रममा सञ्चारकर्मीहरुलाई बताए ।
मूर्त तथा अमूर्त सम्पदाले धनी मध्यपुर थिमि नगरपालिकाले सम्पदा संरक्षण र पुनर्निमाणमा पुर्‍याएको योगदानका कारण एसियन टाउनस्केप अवार्ड पाएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -