१ हजार ८७५ कोरोना संक्रमित थपिए, थप २१ को मृत्यु

काठमाडौं । आज देशभर कोरोनाभाइरस संक्रमितभन्दा निको हुनेको संख्या धेरै रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १० हजार ६६ जनाको स्वाब परीक्षण गर्दा एक हजार ८७५ जनामा संक्रमण देखिएको हो ।

जसमध्ये ६ हजार ८५८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ३१० र तीन हजार २०८ जनाको एन्टिजेन परीक्षण गर्दा ५६५ जनामा कोरोना देखिएको हो ।

त्यस्तै, आज कोरोनाबाट २१ जनाको मृत्यु भएको छ । शुक्रबार ४३ जनाको मृत्यु भएको थियो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ५२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या भने बढेको छ । आज दुई हजार १६४ जना निको भएका छन् । शुक्रबार एक हजार ७७५ जना निको भएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -