प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आइतबार अपराह्न ४ बजे बस्दैछ ।

संसद् सचिवालयका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो बैठकको कार्यसूची सम्पन्न भएपछि दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पमादेश दिएअनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री देउवाले विश्वासको मन लिन लागेका हुन् ।

प्रतिनिधिसभामा रहेकोले २ सय ७५ सदस्य मध्ये ४ रिक्त रहेकोले हाल २७१ सदस्य कायम छन् । यो अंक गणितअनुसार नयाँ सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ । अहिले संसद्मा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित) छन् । ३ जना स्वतन्त्र छन् ।

प्रधानमन्त्री देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँगै माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह र स्वतन्त्र सांसदले साथ दिने देखिएको छ । एमाले नेपाल समूहको साथ पाएमा प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने निश्चित देखिन्छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -