प्रधानमन्त्री देउवाले पाए १६५ मत, एमालेका २२ सांसदको देउवालाई विश्वासको मत

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आइतबार बेलुका भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत परेको छ । मतदानमा जम्मा २४९ जना सदस्य सहभागी भएकोमा विपक्षमा ८३ र मत दिन्न भन्नेमा १ मत परेको छ ।

सर्वाेच्च अदालतले गत असार २८ गते देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । धारा ७६(६) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको लिनुपर्ने प्रावधान छ ।

एमालेका २२ सांसदको देउवालाई मत

नेकपा एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाललाई विश्वासको मत दिएका छन् ।
देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।
देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -