४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा वृक्षरोपण

भक्तपुर । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा खेलकुद महासंघ जिल्ला कमिटी भक्तपुरद्वारा बिहीबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।


माननीय पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा मध्यपुर थिमिस्थित शंखधर पार्कमा वृक्षरोपण गरेको थियो ।


कार्यक्रममा भक्तपुरका सांसद शशिजंग थापा, सरस्वती वाटी र नगरप्रमुख मदनसुन्दर जगुलु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । करिब १०० वटा विभिन्न रुखविरुवाहरु रोपेका थिए ।

तस्बिरहरू : बाबुकाजी साछेँ श्रेष्ठको फेसबुकबाट

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -