गुरुपूर्णिमाको अवसरमा भर्चुअल माध्यमबाट कविता वाचन

भक्तपुर । गुरुपूर्णिमाको अवसरमा नव कवितावाचन कार्यक्रमको शुभारम्भ गरियो । प्राञ्जल नेपाल र शब्दयात्रा प्रकाशन तथा छन्द कविता मञ्चको संयोजनमा गुरुपूर्णिमाका सुअवसर पारेर कविता वाचन गर्दै प्रत्येक महिनाको दोस्रो र चौथो शनिवार नव कविता वाचन कार्यक्रम अहिलेलाई भर्चुअल माध्यमबाट सञ्चालन गर्ने योजनाअनुरूप उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्राध्यापक भवानीप्रसाद खतिवडा प्रमुख अतिथि तथा साहित्यकार हरि मञ्जुश्री विशेष अतिथि हुनुहुन्थ्यो भने विभिन्नि कविहरूले कविता वाचन गर्नुभयो ।
आचार्य डिल्लीराम गौतमको सभापतित्व तथा छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले सञ्चालन रहेको उक्त कार्यक्रममा हरि मञ्जुश्री (शब्दयात्रा पा्रकाशनं), पदम दाहाल, (शब्दयात्रा पा्रकाशनं), विश्वनाथ बराल प्रेम, (प्राञ्जल नेपाल), सुनिल सापकोटा, (शब्दयात्रा प्रकाशन), बिरजा घिमिरे, (धर्मस्थली काठमाडौँ), सागर गुरागाईँ, (प्राञ्जल नेपाल), कृष्णप्रसाद गौतम, (इटहरी), ढुण्डीराज पोखरेल, (पुष्पपराग साहित्य प्रतिष्ठान, लोहकिल्थली), जीवनाथ अधिकारी, छन्द कविता मञ्च, प्राञ्जल नेपाल, तथा शब्दयात्रा प्रकाशन), डिल्लीराम गौतम, (प्राञ्जल नेपाल तथा शब्दयात्रा प्रकाशन), पुण्यवती घले, (शब्दयात्रा प्रकाशन) ले कविता वाचन गर्नुभएको थियो । प्रमुख अतिथि प्राध्यापक भवानीप्रसाद खतिवडाले गुरु शब्दको व्युत्पत्तिसहित गुरु महत्ताको चर्चा गर्नुभयो । विशेष अतिथि हरि मञ्जुश्रीले आद्यगुरु व्यससित सम्बन्धित नेपालका विभिन्न स्थानहरूको चर्चा गर्नुभयो ।
जीवनाथ अधिकारीले प्राञ्जल नेपाल र शब्दयात्रा प्रकाशनको आयोजना र छन्द कविता मञ्चको संयोजनमा सञ्चालन हुने नव कवितावाचन कार्यक्रमका बारेमा जानकारी दिनुभयो । उक्त पाक्षिक कार्यक्रम आगामी साउन २३ गते दोस्रो शृङ्खलाका रूपमा सञ्चालन हुने छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -