उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौंं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको टुंगो लगाएको छ । सोमबार निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ मा उपेन्द्र यादवको पक्षमा बहुमत देखिएपछि पार्टीको आधिकारिकता दिएको हो ।
५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर गरेका छन् । त्यस्तै महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरे । केन्द्रीय कारागारमा रहेका सांसद एवं कार्यकारिणी सदस्य रेशम चौधरी भने सो विवादमा तटस्थ बस्नुभएको थियो ।
जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुरले एकले अर्कोलाई कारबाही गर्दै आफू आधिकारिक भएको दाबी आयोगमा पेस गर्नुभएको थियो ।
यस विवादमा निर्वाचन आयोगले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराएको थियो ।
आयोगले यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेपछि अर्को पक्षलाई नयाँ नाम र नयाँ चुनाव चिह्नसहित आउन निर्वाचन आयोगले मौका दिएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -