बंगलामुखी साकोसको १४ औं स्थापना दिवस सम्पन्न

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्था. को १४ औं स्थापना दिवसको उपलक्ष्यमा रक्तदान तथा वृक्षरोपण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा संस्थाको भवनसँगै बालकोट–२ मा सम्पन्न रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदाताले रक्तदान गरेका थिए ।

यस्तै वृक्षरोपण कार्यक्रममा विभिन्न जातका ८० बोटविरुवा रोपेको संस्थाका कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतको पनि उपस्थिति रहेको थियो ।

संस्थाको शेयरपूँजी १२ करोड ६० लाख र सदस्य संख्या ३५ सय पुगेको छ । संस्थाले ९७ करोड लगानी गरेको र निक्षेप संकलन ९४ करोड गरेको छ । संस्थाको हालसम्म कारोबार १ अर्ब १७ करोड र जगेडा तथा अन्य कोषमा १ करोड १८ लाख पुगेको कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -