ओस्ला नेपालको अध्यक्षमा पुनः राजेश श्रेष्ठ

मध्यपुर थिमि । मध्यपुर थिमि, भक्तपुरस्थित ओस्ला नेपालमा राजेश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

ओस्ला नेपालको शनिबार सम्पन्न दोस्रो वार्षिक साधारणभा तथा प्रथम अधिवेशनले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख अतिथिमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सुशील जोशी, सचिवमा रोशन बज्राचार्य, सहसचिवमा तुल्सीराम श्रेष्ठ र कोषाध्यक्षमा दिकेश बज्राचार्य निर्विरोध निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरी सदस्यहरुमा शम्भुजय श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, रामसुन्दर श्रेष्ठ र नन्द साँय् श्रेष्ठ पनि चुनिएका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -