५५औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवसको उपलक्ष्यमा रक्तदान

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समिति र मरू सिँह सतः मरू टोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज कामनपा २३ वडा नगर समितिको विशेष सहयोग र संयोजनमा स्थानीय युवा स्पोर्टस् क्लबद्वारा ‘नियमित रक्तदान स्वस्थ हुनुको परिणाम’ मूल नाराका साथ ५५औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवसको उपलक्ष्यमा शनिबार विशेष रक्तदान कार्यक्रम गरेका छन् ।

कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडितपक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनी नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै मैतीदेवी परिसरमा उक्त कार्यक्रम गरेका हुन् ।

स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी ५६ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष कर्माचार्यले प्रशंसा-पत्र वितरण गरेका थिए ।

त्यसैगरी युवा स्पोर्टस् क्लबका अध्यक्ष महेन्द्र रत्न शाक्यको सभापतित्वमा मरु सतःमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकार, का.म.न.पा. २३ का अध्यक्ष मचाराजा महर्जन, महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्ल र नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितको विशेष उपस्थितिमा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ५५ जनाले रक्तदान गरेका थिए ।


केन्द्रीय अध्यक्ष कर्माचार्य र विशेष अतिथि निर्देशक डा. राजकर्णिकारले रक्तदाताहरुलाई संयुक्त रूपमा प्रशंसा-पत्रवितरण गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -