जनकवि दुर्गालाल श्रेष्ठको जीवनी प्रकाशित हुने

काठमाडौं । नेपाल सम्वतअनुसार श्रावण कृष्णपक्ष एकादशी तिथि जनकवि दुर्गालाल श्रेष्ठको जन्मदिन हो । उक्त दिन जन्मेका कवि श्रेष्ठ ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गरेका छन् । यसै अवसरमा दुर्गालाल साहित्य प्रतिष्ठानले बि.सं. २०७८ भित्रै नेपाली भाषामा उनको जीवनी प्रकाशित गर्ने घोषणा गरेको छ ।

अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उनको जीवनी ‘कवि कथा’ लेखनको अन्तिम चरणमा छ । उक्त कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनबाट भइरहेको छ । प्रतिष्ठान अनुसार उक्त कृति चित्रमय हुने छ ।

नेपालभाषामा उनको जीवनी पुस्तक दुई वर्षअघि (ने.सं. ११३९) नै प्रकाशित भएको थियो । पुस्तकका डिजाइनर थिए- रविन साय्मि । अमेरिका र बेलायतमा रहेका नेवार संगठनहरूको सहयोगमा प्रकाशित उक्त जीवनी पुस्तक बन्दाबन्दीको कारण विमोचन कार्यक्रम स्थगित भएको थियो । परिस्थिति अनुकुल भएमा दुवै भाषाका पुस्तक एउटै समारोह गरी विमोचन गर्ने योजना रहेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -