मध्यपुर थिमि नगरका सहकारी संस्थाहरुको परिचयात्मक कार्यक्रम स्थगित

भक्तपुर । जिल्ला सहकारी संघ लि., मध्यपुर नगर समितिको आयोजनामा साउन ३० गते शनिबार हुने ‘मध्यपुर थिमि नगरका सहकारी संस्थाहरुको परिचयात्मक’ कार्यक्रम स्थगित भएको छ ।

विश्वमा फैलिरहेको कोभिड-१९ भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, भक्तपुरबाट सूचना प्रकाशित गरी साउन २८ गतेदेखि निषेधाज्ञा थप जारी गरेकोले उक्त कार्यक्रम हाललाई स्थगित गरेको मध्यपुर थिमि नगर समितिका संयोजक कृष्णबहादुर घःजुले बताए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -