नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि नगर उपशाखाको २४ औं स्थापना दिवस सम्पन्न

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको २४ औं स्थापना दिवस तथा प्रशंसा पत्र वितरण समारोह शनिबार सम्पन्न भएको छ ।
मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समारोहमा वडाअध्यक्ष कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोज थापालगायत रेडक्रस अभियानका सदस्यहरु सहभागी भएका थिए ।


उपशाखाका सभापति पूर्णकेशरी श्रेष्ठको सभापतिमा भएको समारोहमा उपशाखालाई सहयोग गर्नुहुने संघ संस्था तथा महानुभावहरुलाई नगरप्रमुख श्रेष्ठले प्रशंसापत्र वितरण गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -