कविता : आइसोलेसन वार्डबाट

यतिखेर म आइसोलेसन वार्डको
कौशीमा छु
कौशीबाट हेरिरहेको छु
यो शहरका अस्थिर र स्थिर चिजविजहरु

आइसोलेसन वार्ड कै मुनी
बाटोमा कयौं गाडी गुडिरहेका छन्
बाटैमा सयौं मान्छे हिडिरहेका छन्
न बाटोले गाडीको मतलब छ न गाडीलाई बाटोको
न बटुवाले बटुवाको मतलब राख्छ, न चिनजान
आइसोलेसन वार्डकै कौशीबाट
अनगिन्ती घर देखिरहेका छन्
एउटा घर र अर्को घर फरक त छन्
तर घरहरु घरै जस्तामात्र छन्
पानी बगिरहेको छ
हावा सुस्ताइरहेको छ
भिड हिडिरहेको छ
पानी भित्र पानी हराइरहेको छ
हावा भित्र हावा हराइरहेको छ
भिड भित्र भित्र हराइरहेको छ

आइसोलेसनवार्ड कै पश्चिममा स्वयम्भू छ
उ बिल्कुल एक्लै उभिरहेको छ
दक्षिणमा फुलचोकी डाँडाँ छ
उनी पनि एक्लै ठडिरहेको छ
अलि प…र पूर्वमा सगरमाथा छ
जो संसारकै अग्ला भनि चिनिएको छ

स्वय्म्भू, फुलचोकी वा सगरमाथा भिडभन्दा पर छ
मानौं कि उनीहरु पनि आइसोलेसनमा छन्
आइसोलेसनमा छ त
सबैबाट चिनिएको छ
आइसोलेसनमा छ त
आफ्नै फरक पहिचान छ
आइसोलेसनमा छ त
दृढ र आत्मविश्वासी छ

आइसोलेसमा हुनु त
पहिचान बनाउनु
माया स्नेह पाउनु
निडर र आत्मविश्वासी हुनु रहेछ ।

नविन प्रकाश श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -