अफगानी राष्ट्रपति घानीले देश छाडे


काठमाडौं— चरमपन्थी विद्रोही संगठन तालिवानका लडाकुले अफगानिस्तानको काबुललाई पनि नियन्त्रणमा लिनुपूर्व राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

एकपछि अर्को सहर कब्जामा लिएको तालिवान समूह काबुल प्रवेश गरेपछि उनले देश छाडेका विवरणहरु आएको बीबीसीले जनाएका छन् । उनी देश छाडेर ताजकिस्तानतर्फ गएका रिपोर्टहरु सार्वजनिक भएको छ ।

तालिवान समूहले देशका ३४ मध्ये कम्तीमा २५ प्रान्तीय राजधानीमा कब्जा गरिसकेपछि राष्ट्रपति घानी सरकारसामु संघर्ष गर्ने वा आत्मसमर्पण गर्ने मात्र बाटो थियो ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै १० दिनयता तालिवान समूहले देशका अधिकांश भागमा कब्जा जमाएका थिए । तालिवान समूहले देशका अधिकांश प्रान्तहरुमा कब्जा जमाएपछि राष्ट्रपति घानीलाई राजीनामाको दबाब आएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -