अफगानिस्तानको सत्ता तालिवानको कब्जा

काठमाडौं । २० वर्षको लगातार संघर्षपछि तालिवानले अफगानिस्तानको सत्ता पुनः कब्जा गरेका छन् । सरकारी फौजविरुद्धको पछिल्लो साता आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो ।


तालिवानले काबुलस्थित राष्ट्रपति दरबार आइतबार राति नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

यसअघि तालिवानका लडाकुले अफगानिस्तानको काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति असरफ घानीले देश छाडेका थिए ।

तालिवान समूहले देशका ३४ मध्ये कम्तीमा २५ प्रान्तीय राजधानीमा कब्जा गरिसकेपछि राष्ट्रपति घानी सरकारसामु संघर्ष गर्ने वा आत्मसमर्पण गर्ने मात्र बाटो थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -