न्यू एक्टिभिटिज क्लबद्वारा विशेष रक्तदान आयोजना

काठमाडौं । न्यू एक्टिभिटिज क्लब, खत्रीपौवा, धुनिबेसी–४, धादिङले शनिबार विशेष रक्तदान आयोजना गरेको छ । क्लबको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६७ औं पटक रक्तदान गर्दै शुभारम्भ गरेका थिए ।

कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनी नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक पार्दै क्लबले रक्तदान आयोजना गरेको हो ।

क्लबका अध्यक्ष राजेन्द्र लामा (राजिव) को सभापतित्वमा सञ्चालित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितलगायतको उपस्थिति रहेको थियो ।

क्लबका संस्थापक एवं सल्लाहकार राजाराम पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्य र स्वास्थ्य सेवा विभाग नेपाल रेडक्रस सोसाइटीका निर्देशक डा. मनिता राजकर्णिकार विशेष अतिथि रहेको थियो ।

उक्त कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यलाई क्लबको तर्फबाट सार्वजनिक अभिनन्दन गरेको थियो । रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरी ३५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा–पत्र वितरण गरेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -