अब राति ८ बजेपछि पनि सवारीसाधन चलाउन पाइने

निषेधाज्ञा भदौ १६ गतेसम्म थप

काठमाडौं । उपत्यकामा ८ बजेपछि अब सवारीसाधन चलाउन पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएका छन् । तर सवारीसाधन चलाउँदा तोकिएको स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने जारी गरेको निषेधाज्ञामा उल्लेख छ ।

यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, रेष्टुरेण्ट, विद्यालय, शैक्षिक संस्थालगायत भीडभाड हुने गतिविधिलाई आगामी भदौ १६ गतेसम्म यथावत राखिएको काठमाडौं जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञामा उल्लेख छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -