मन्त्रिपरिषद् विस्तार गर्न अझै केही दिन लाग्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका चार शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको टुंगो आज पनि लगाउन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चार शीर्ष नेताको बैठकले टुंगो लगाउन नसकेको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव करिब डेढ घण्टा छलफलमा बसेका थिए ।

एमालेबाट छुट्टिएर नेपालले छुट्टै दल दर्ता गरेपछि सत्तारूढ गठबन्धनका नेताहरू छलफलमा जुटेको यो पहिलोपटक हो । सत्ता सञ्चालन, मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको विषयमा छलफल भए पनि निर्णय लिन नसकेको बालुवाटार स्रोतले जनाएको छ । कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार केही दिन ढिलाइ हुने स्रोतले दाबी गरेका छन् ।

सत्तारूढ गठबन्धनका दलहरूको आन्तरिक कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । मन्त्रालय बाँडफाँडकै विषयमा दलहरुबीच सहमति जुट्न नसकेको हो । यसअघि नेपाल नेतृत्वको नयाँ पार्टी दर्ता भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने नेताहरुले बताउँदै आएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -