चोरी तथा लुटपाटका गतिविधि नियन्त्रण गर्न व्यवसायीको माग

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर मोबाइल व्यवसायी संघले मंगलबार महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । केही दिनदेखि जिल्लामा मोबाइल चोरी तथा लुटपाटका घटना बढ्न थालेपछि घटना नियन्त्रणका लागि थप सजगता अपनाउन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुँछेरत्न मानन्धरले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने कार्यमा महानगरीय प्रहरी परिसर भक्तपुरको भूमिका सराहनीय हुँदाहुँदै पनि केही दिनयता विभिन्न मोबाइल पसलहरुमा भइरहेको चोरी तथा दिनदहादै मोबाइल लुटेर लग्नेजस्ता गतिविधिहरु वृद्धि भएकोले त्यसतर्फ सचेत भई घटना नियन्त्रण गर्न लागिपर्न अनुरोध गरेको छ ।

त्यस्ता घटनाबाट व्यवसायीहरु पीडित बन्नुका साथै ज्यानकै खतरा महसुस गर्न थालेको विषयप्रति अध्यक्ष मानन्धरले महानगरीय प्रहरी परिसरको ध्यानाकर्षण गराए । यसैगरी नजिकिँदै गरेको विजयादशमी तथा तिहार पर्वमा यस्ता गतिविधिहरु अझ बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी प्रशासनबाट थप सतर्कता अपनाउनु हुन पनि माग गरेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक श्रेष्ठले शान्ति सुव्यवस्था कायम गराउन प्रहरी प्रशासन सदैव क्रियाशील रहेको बताउँदै आपराधिक गतिविधिमा शंकास्पद कुनै व्यक्ति देखिएमा वा कुनै घटना भएमा तत्काल प्रहरीको १०० नम्बरमा फोन गरी सूचना दिई सहयोग पु¥याउनु आग्रह गरे । साथै व्यावसायिक सुरक्षामा उद्यमी व्यवसायीको समेत साथ र सहयोग आवश्यक पर्ने उनले बताए ।

भक्तपुर विद्युतीय सामग्री व्यावसायी संघका अध्यक्ष माधवप्रसाद प्रजापति, भक्तपुर मोबाइल व्यवसायी संघका अध्यक्ष श्याम नगरकोटीलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -