स्थापना दिवस तथा सम्मान

काठमाडौं । ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं स्थापना दिवस मंगलबार सम्पन्न भयो ।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव वडालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा १६७ पटक रक्तदान गरेका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई नगदसहित ताम्रपत्रका साथ सम्मान गरेको थियो ।

कार्यक्रममा ब्राईट साकोसका अध्यक्ष रामइन्द्र न्यौपाने, प्रबन्ध निर्देशक लक्ष्मण न्यौपाने र मोती घिमिरेले नगद ५० हजार रुपैयाँ, फूलको माला, कस्मिराको सल र गलबन्दी ओढाएर रक्तदाता कर्माचार्यलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा साकोसका संस्थापक सदस्यहरुमध्ये विनोद गिरी र नवराज केसीलाई पनि सम्मान गरेको थियो ।

कश्मिरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमेशप्रसाद पाण्डे, बालकुमार बास्तोला, सन्तोष पाण्डे र सुरेश घिमिरे अतिथि रहेको कार्यक्रमको संचालन डा. घनश्याम खतिवडाले गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -