उपत्यकामा निषेधाज्ञा हट्यो, सिनेमा हल र सैलुन खोल्न पाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले ५ महिनादेखि जारी निषेधाज्ञा अन्त्य गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

विद्यालयहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने निर्णय गरेका प्रमुख जिल्ला अधिकारीले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमतिमा भने सञ्चालन गर्न पाउने भएका छन् ।

अनावश्यक रूपमा मानिस जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस, जात्रा, भोज आदि नगर्न नगराउन भदौ १७ गतेबाट भदौ मसान्तसम्म लागू हुने गरी जारी गरिएको सूचनामा भनिएको छ ।

आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने सूचनामा भनिएको छ ।

त्यसैगरी बन्द रहेको सिनेमा हल, मठमन्दिर पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोल्न दिने निर्णय भएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -